Logo

प्रमुख समाचार

शाखा अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक



काठमाडौं- लोक सेवा आयोगले लिएको राजपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

खुलामा १०६ सहित जम्मा २२० जना माग भएकोमा लिखित परीक्षामा ४ हजार ६०८ जना सहभागी भएका थिए। तीमध्ये खुलामा १४४ सहित ३२५ जना अर्को चरणको परीक्षाका लागि छनौट भएका छन्।

लिखित परीक्षाबाट छनोट भएकाहरुले अब सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तरवार्ता गरी अझै तीन वटा परीक्षा दिनुपर्ने छ।

सूचना प्रविधि सीप परीक्षण परीक्षा आगामी माघ ५ गतेदेखि ८ गतेसम्म हुने छ। सामूहिक परीक्षण र अन्तर्वार्ता भने आगामी माघ ९ गतेदेखि २६ गतेसम्म हुनेछ।

लिखित परीक्षामा पास भएका परीक्षार्थीहरुलाई पासपोर्ट साइजको दुई प्रति फोटो, शैक्षिक योग्यताको प्रमाणपत्र र दरखास्त फारमको प्रथम र द्वितीय पाना दुई/दुई प्रति भरी सात दिनभित्र लोक सेवा आयोगको अनामनगरस्थित कार्यालयमा सम्पर्क गर्न भनिएको छ।

प्रकाशित मिति : २० पुष २०८०, शुक्रबार ०७:१७   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।