एभरेष्ट बैंकका कार्यकारी अधिकृत सुदेश खालिङको फेक ह्याट्सएप खाता खोली दुरुपयोग गरेको पाइएको छ।
९८०६६३४५७८ मोबाइल नम्बरबाट ह्वाट्सएप खाता खोली खालिङको तस्बिर राखेर दुरुपयोग गरेको पाइएको हो । उनले आफ्नो फेक ह्वाट्सएप खाता खोलेको पाइएकाले सावधानी अपनाउन सामाजिक सञ्जालमार्फत बैंक सजग गराएको छ ।
‘सुदेश खालिङ नाम राखेर मेरो तस्बिर दुरुपयोग गरी ह्वाट्सएप बनाएर म्यासेज पठाएको र संवादसमेत गरेको पाइएकाले यस्तो क्रियाकलाप पूर्णरूपमा गलत रहेको जानकारी गराउँदै यसप्रति सजग रहन सम्बन्धित सबै सरोकारवाला, ग्राहक महानुभावहरू र सर्वसाधारणमा अनुरोध गर्दछु,’ उनले भनेका छन् ।
यस्तै केही दिन पहिले राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको फेक ह्वाट्सएप खाता खोली दुरुपयोग भएको थियो ।
गभर्नर अधिकारीको नाम र तस्बिर प्रयोग गरि उक्त खाता खोलेर विभिन्न व्यक्तिसँग संवादसमेत गरिएको राष्ट्रबैंकले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो। उनको ९८१४४८६४४९ मोबाइल नम्बरबाट उक्त खाता खोलिएको बैंकले जनाएको थियो ।




















प्रतिक्रिया