Logo

राजनीति

कांग्रेस अब नयाँ ढंगले अगाडि बढ्छ : अध्यक्ष गुरुङ (फोटोफिचर)



पर्वत । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले कांग्रेस अब नयाँ ढंगले अगाडि बढ्ने बताएका छन् । सोमबार पर्वत जिल्लाको दोस्रो अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले भने, ‘अहिले जति पनि विकासका पूर्वाधार बनेका छन् ती नेपाली कांग्रेस नेतृत्वको सरकारले तयार गरेको हो ।’

नेपाली कांग्रेस कुनै सोसल मिडिया फेसबुक अथवा टुइटरबाट बनेको पार्टी होइन, बीपी कोइरालाको आर्दश र विचारबाट नेपाल कांग्रेस बनेको भनाइ अध्यक्ष गुरुङको थियो । उनले भने, ‘एउटा सम्भ्रान्त परिवारले शासन गरेको युगमा जनतालाई रैती बनाएका थिए । तिनी नेपाली जनतामाँझमा बीपी कोइरालाको सोच र भिजनबाट स्थापना भएको पार्टी नेपाली कांग्रेस हो ।’

अध्यक्ष गुरुङले भने, ‘नेपाली कांग्रेसमा धेरै नेताहरुले त्याग गर्नुभएको छ । अबका दिनमा नेपाली कांग्रेस नयाँ ढंगले अगाडि बढ्ने छ । पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वले सबैलाई समेट्नु भएको छ ।’

‘आफू प्रधानमन्त्री हुँदा सभापति देउवाले महिला, दलित, आदिवासीलगायत सबैलाई समेट्नु भएको छ । अहिले जति पनि विकास भएको छ’, नेपाली कांग्रेसको कारणले भएको दाबी अध्यक्ष गुरुङले गरे ।

कांग्रेसले आश्वसन बाँड्दैन, जे गर्छ त्यो मात्र भन्छ, अध्यक्ष गुरुङले भने, ‘जिल्लाका हरेक गाउँमा मोटरबाटो पुगेको छ, शिक्षा र स्वास्थ्यको आधारभूत सेवा उपलब्ध छन्, यी सबै नेपाली कांग्रेसले तयार गरेको पूर्वाधारबाट सम्भव भएको हो ।’

तस्बिरहरु :

 

 

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार १७:२७   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।