Logo

अर्थ

आइएमई लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेसेडरमा दीपक र दीपाश्री



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको ब्रान्ड एम्बेसेडरमा कलाकार दीपकराज गिरी र दीपाश्री निरौला नियुक्त भएका छन्।

पोखरास्थित कुटी रेसोर्टमा शुक्रबार आयोजित अन्तर्राष्ट्रियस्तरको अभिकर्ता तालिम कार्यक्रमका बीच गिरी र निरौला तथा आइएमई लाइफका प्रमुख कार्यकारी अधिकृत कवि फुयालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापश्चात प्रमुख कार्यकारी अधिकृत फुयालले कम्पनीको प्रचार–प्रसार तथा विभिन्न क्रियाकलापमा सहभागी भई इन्स्योरेन्स कम्पनीको पहिचान तथा साख वृद्धिलगायत बीमा सचेतनामा ब्रान्ड एम्बेसेडरहरुको महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए ।

नवनियुक्त ब्रान्ड एम्बेसेडरद्वय गिरी र निरौलाले आइएमई लाइफ इन्सोरेन्स कम्पनीसँग आबद्ध हुन पाएकोमा गौरव महसुस गरेको बताए ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार १०:५५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।