Logo

राजनीति

‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ कांग्रेसको अभियान माघ १६ देखि २६ सम्म सञ्चालन हुने



रौतहट । ‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ नेपाली कांग्रेसको अभियान रौतहट र सर्लाहीको वडाहरुमा माघ १६ गते देखि अभियान संचालन गरिने भएको छ ।

रौतहट र सर्लाहीमा केन्द्रबाट खटिएका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी र सर्लाहीमा गणेश लामाले जिल्ला स्तरीय कार्यक्रममा उपस्थित प्रदेश सदस्य, जिल्लाका सम्पूर्ण पदाधिकारीहरु, स्थानीय सरकारका प्रमुखहरु सहित विभिन्न जनवर्गिय संगठनका पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमको उपयोगिता माथि केन्द्रीय प्रतिनिधिद्धयले प्रकाश पार्दै भोलीदेखि जिम्मेवारी पाएका वडाहरुमा खटिने निर्देशन दिए ।

‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ अभियान माघ १६ गते देखि २६ गते सम्म जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने गरी अभियान सञ्चालन गर्न लागिएको हुँदा अनिवार्य रुपमा जिम्मेवारीलाई पूर्ण रुपमा इमान्दारीका साथ निर्वाह गर्न तथा उक्त कार्यको मोनेटरिंग महामन्त्री गगन थापा लगायतका पार्टीका उच्च पदाधिकारीहरुद्धारा गरिने केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी गराए ।

गौरस्थित जिल्ला पार्टी कार्यालयमा सोमवार आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य शिवाकोटीले नेपाली काँग्रेस भोलीदेखि रौतहटको १५७ वटै वडामा जिल्ला नेतृत्वका साथीहरु गएर हरेक तह तप्कासंगको विचार भावनालाई बुझ्ने एवं नागरिकको गुनासाहरु सुनेर टिपोर्टहरुलाई संग्रह गरी त्यसलाई समाधानको प्रयास गर्ने अभियानमा लाग्ने उनले बताए ।

वडामा रहेका पार्टी कार्यकर्ता, अन्तरपार्टीका साथीहरु, नागरिक समाज, किसान समुह, आमा समुह, वन उपभोक्ता समुह, शिक्षक, प्रध्यापक, समाजका अगुवा, स्थानीय सरकारको वडा कार्यालयबाट प्रभाव भईरहेका सेवा एवं सुविधाहरु सम्बन्धमा प्रत्यक्ष रुपमा नागरिकहरु संग सम्बाद गर्ने, स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारबाट पाइरहेका सेवा सुविधाहरु बाहेक कस्ता कस्ता सेवाहरु पाउनुपर्ने हो त्यस बारे सटिक जानकारी प्राप्त गरेर नागरिकका समस्या समाधान गराउनमा नेपाली काँग्रेस सहायक भूमिका निर्वाह गरेमा मात्रै पार्टी प्रति जनविश्वास बढ्ने केन्द्रीय कार्यालयको मान्यता रहेको हुँदा त्यस तर्फ आ-आफना दायित्वलाई निर्वाह गर्न उनले निर्देशन दिएको नेपाली काँग्रेस मधेशप्रदेश प्रचार प्रसार विभागको प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।

यस्तै सो अभियान संचालनको लागि सर्लाहीमा कांग्रेसको केन्द्रिय प्रतिनिधिको रूपमा गणेश लामा र नेपाली कांग्रेस मधेस प्रदेशका उप सभापति चन्द्रशेखर कुमार यादबलाई खटाइएको छ । नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहको अध्यक्षतामा बसेको बैठकले सर्लाहीको सबै वडामा अभियान संचालन गर्ने निर्णय भएको प्रचार प्रसार विभाग प्रमुख गुप्ताले बताए ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार १७:१७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।