काठमाडौं । राप्रपा नेपालको सहकारी विभागले लघुबित्त र सहकारी समस्याबारे अन्तर्क्रिया गर्ने भएको छ । ‘लघुबित्त तथा सहकारी क्षेत्रका समस्या, चुनौती र समाधानका उपाय’ विषयमा शुक्रबार अन्तर्क्रिया कार्यक्रम गर्न लागेको हो ।
लाखौ मानिससँग जोडिएको अत्यन्तै जल्दोबल्दो विषय र पछिल्लो समय संकटग्रस्त क्षेत्रको रुपमा रहेको सहकारीको समस्या उठान गर्नुपर्ने आवश्यकता रहेकोले अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको विभागका प्रमुख तथा राप्रपा नेपालका नेता राजकुमार खड्काले जानकारी दिए ।




















प्रतिक्रिया