Logo

राजनीति

कांग्रेसका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित



काठमाडौं । नेपाली कांग्रेसको पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित भएको छ ।

केन्द्रीय सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको निधनपछि आकस्मिक बसेको केन्द्रीय कार्यसमितिको बैठकले तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने गरेको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेका अनुसार पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित भएका छन् ।

यस्तै बैठकले माघ २४ गते बुधवारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, स्वर्गारोहणको १३ औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने स्वर्गारोहणको १३ औँ दिनमा सम्बन्धित जिल्ला झापामा शोक सभाको आयोजना निर्णय गरेको बताए ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलवार ११:५३   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।