काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठकका लागि गठन गरेको भोजन व्यवस्थापन उपसमितिमा ६ जना सदस्य थपेको छ ।
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय सदस्य उदय शमशेर राणा नेतृत्व उपसमितिमा ६ जना सदस्य थपिएको बताए ।
सदस्यहरूमा नेपाली कांग्रेस, गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठ, नेपाली कांग्रेस ललितपुरका उपसभापति सुदर्शन घिमिरे, नेताहरू प्रगतिमान रञ्जित, सूर्यविनायक नगर सभापति निशान ढुंगेल, कांग्रेस ललितपुरका सहसचिव ऋषिदेव फुयाँल र सम्झना भट्टराई मनोनीत भएका छन् ।
कांग्रेसको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म हुँदैछ ।




















प्रतिक्रिया