Logo

प्रमुख समाचार

माओवादी रुपान्तरण अभियानमा कम खट्ने कार्यकर्तालाई कारवाही गर्ने



काठमाडौं । नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को समीक्षा गरेको छ ।

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले अभियानमा खट्ने कार्यकर्ताको मूल्यांकनको आधारमा समूह विभाजन गरी कम खट्ने कार्यकर्तालाई कारवाही गर्ने निर्णय गरेको छ ।

पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले चार महिने अभियानमा खटेका कार्यकर्तालाई मूल्यांकनको आधारमा चारवटा समूहमा विभाजन गरेको जानकारी दिए । ‘सय प्रतिशतसम्म खट्ने कार्यकर्तालाई प्रशंसा पत्र दिने, ७५ देखि ८० प्रतिशतसम्म खट्ने कार्यकर्तालाई धन्यवाद, ५० देखि ५५ प्रतिशतसम्म खट्नेहरूलाई अझ खट्नुपर्छ भनेर निर्देशन पत्र दिने र १५ प्रतिशतभन्दा कम खट्नेहरूलाई कारवाही गर्ने निर्णय भएको छ ।’

 

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार १५:०६   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।