Logo

अर्थ

यी हुन् एनएलजी ईन्स्योरेन्सका ठूला शेयरधनी, नेशनल लाईफको ५० प्रतिशत हिस्सा



आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण अनुसार एनएलजी ईन्स्योरेन्स कम्पनीमा एक प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व हुने लगानीकर्ताको संख्या ४ रहेको छ। जसमध्ये २ संस्थागत र २ व्यक्तिगत लगानीकर्ता रहेका छन् ।

कम्पनीमा सबैभन्दा धेरै स्वामित्व नेशनल लाईफ ईन्स्योरेन्सको रहेको छ। कम्पनीमा नेशनल लाईफको ५० प्रतिशत स्वामित्व रहेको छ । त्यसैगरी, सिद्देश्वर कुमार सिंहको २.३६ प्रतिशत स्वामित्व रहेको छ भने राष्ट्रिय वाणिज्य बैंकको २ प्रतिशत स्वामित्व रहेको छ ।

यसैगरी रण बहादूर शाहको १.३८ प्रतिशत शेयर स्वामित्व रहेको छ । तेजस्वी राजेस्वरी राणाले कम्पनीको सबै शेयर बेचेकी छिन् । आर्थिक वर्ष २०७८/७९ मा उनको यो कम्पनीमा १.१२ प्रतिशत स्वामित्व थियो । हाल उनको स्वामित्व शुन्य रहेको छ ।

यस्तै, सिंहले पनि स्वामित्व केहि हदसम्म घटाएका छन् । अघिल्लो आवमा उनको स्वामित्व २.५५ प्रतिशत थियो । २०७९/०८० मा उनले ०.१९ प्रतिशत स्वामित्व घटाएका हुन् ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार ०८:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।