काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ। बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो।
केन्द्रीय कमिटी बैठक बोलाउने र समसामयिक राजनीतिक विषयमाथि छलफल गर्न सचिवालय बैठक बोलाइएको पार्टी उपमहासचिव पृथ्बीसुब्बा गुरुङले जानकारी दिए। बैठकमा राष्ट्रियसभा निर्वाचन, सरकारको कामकारबाहीबारे पनि समीक्षा हुने एमालेले बताएको छ।
एमालेले यही फागुन १० देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने तयारी समेत गरेको छ।




















प्रतिक्रिया