काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५औं महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका छन् ।
फागुन ७ देखि १० गतेसम्म चल्ने महासमिति बैठकको लागि तयार पारेको सांगठनिक प्रतिवेदन केन्द्रीय समितिको बैठकमा पेस गर्दै ०८२ मंसिर मसान्तभित्र महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।
२०८१ साउन मसान्तभित्र पार्टी विधान संशोधन गर्ने विषयमा सुझाव सङ्कलन गर्ने, ०८१ असोजमा विधान महाधिवेशन गर्ने र ०८१ कात्तिकभित्र पारित विधान र अद्यावधिक क्रियाशील सदस्यको नाम केन्द्रीय निर्वाचन समितिलाई बुझाउने प्रस्तावसमेत थापाले राखेका छन् ।
यस्तै ०८१ मंसिर १५ भित्र वडा अधिवेशन र मंसिर मसान्तभित्र गाउँ/नगर अधिवेशन गर्ने प्रस्ताव छ ।
०८२ भदौ मसान्तभित्र प्रदेशसभा, प्रतिनिधिसभा, केन्द्रीय महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य चयन गरिसक्ने कार्यतालिका प्रस्ताव भएको हो ।
जिल्ला अधिवेशन र विदेशस्थित जनसम्पर्क समितिका अधिवेशन ०८२ असोज मसान्तभित्र गर्ने कार्यतालिका छ । ०८२ कात्तिक मसान्तभित्र सातै प्रदेश अधिवेशन र मंसिर मसान्तभित्र केन्द्रीय महाधिवेशन गर्न प्रस्ताव गरिएको हो ।




















प्रतिक्रिया