Logo

प्रमुख समाचार

सरकारमा कांग्रेसका केही मन्त्रीहरुको प्रभावकारी भूमिका देखिएन : महामन्त्री शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकारको सफलता/असफलतासँग कांग्रेसको छवि गाँसिएको बताएका छन् ।

ललितपुरको गोदावरीमा जारी पार्टीको महासमिति बैठकमा मंगलबार समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै कांग्रेसका केही मन्त्रीहरुको भूमिका सन्तोषजनक नरहेको भन्दै उनले यस्तो बताएका हुन् ।

कांग्रेसबाट सरकारमा सहभागी केही मन्त्रीको कार्यसम्पादन भूमिकामाथि उनले प्रश्न समेत उठाएका छन् । पार्टीबाट सरकारमा सहभागी केही मन्त्रीले ‘बिल्कुलै’ प्रभावकारी भूमिका खेल्न नसकेको उनले उल्लेख गरेका छन् ।

तीनै तहमा पार्टीबाट सरकारमा रहेका प्रतिनिधिलाई जनअपेक्षाअनुसार काम गर्न महासमिति बैठकबाट निर्देशन दिनुपर्नेमा उनले जोड दिएका छन् । “जनअपेक्षाअनुसार सरकारको गति प्रभावकारी ढंगले अघि बढ्न नसकेको यथार्थ छ । कांग्रेसका केही मन्त्रीको कार्यसम्पादन सन्तोषजनक निश्चय छ । तर, केही मन्त्रीको भूमिका मन्त्रीका रूपमा प्रभावकारी बिल्कुलै देखिएको छैन,” प्रतिवेदनमा शर्माले लेखेका छन् ।

भ्रष्टाचार नियन्त्रण र राष्ट्रिय सदाचार पद्धति स्थापनाको संकल्पमा कांग्रेस लाग्नुपर्ने उनले औँल्याएका छन् । महासमिति बैठकबाट १५ वर्षे नीति, विधि र थितिको जग बसाल्ने आधार तयार पार्नुपर्ने पनि उनले उल्लेख गरेका छन् ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलवार १६:२९   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।