Logo

प्रमुख समाचार

संसद्‌मा फेरि मागियो तीन मन्त्रीकाे राजिनामा



काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले तीन मन्त्रीहरुको राजिनामा माग गरेको छ । एमालेले संसद शुरु भएदेखि नै लगातार रुपमा तीन मन्त्रीको राजिनामा माग गरेको हो ।

नेकपा एमालेका नेता योगेश कुमार भट्टराईले संसद शुरु भए लगत्तै विशेष समय लिएर बोल्दै सरकारमा सहभागी भएका तीन मन्त्रीवारे तत्काल प्रधानमन्त्रीले जवाफ दिनुपर्ने पनि माग गरे ।

उनले बालकुमारी घटना निकै गम्भीर रहेको र त्यसमा संलग्न रहेको भनि दोषी देखिएका मन्त्रीलाई हालसम्म कारवाही नगरिएको भन्दै संसद चल्न दिन नसकिने बताए । उनले बालकुमारी घटना इपियसमा परिक्षा दिन गएका विद्यार्थीहरुमाथि जसरी दमन गरियो अनि घटना भयो तर सरकारका मन्त्री झन्डा हल्लाउदै भिडलाई उत्तेजित बनाएको आरोप उनले लगाए ।

प्रधानमन्त्रीसँगको प्रश्नउत्तरमा यो विषय उठेको र जवाफ दिदाँ बालकुमारी घटनाका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्यु नभनेकाले हत्या भएको दावी गरे । उक्त हत्या सरकार जिम्मेबार रहेको उनले दावी गरे ।

उनले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई दोषी सरकारले बनाएको आयोगले नै ठहर गरेकाले उनी पदमा बस्न मिल्दैन भनि दावी गरे । ‘यसरी नैतिक रुपमा दोषी मन्त्री पदमा बस्न मिल्दैन ’ उनले भने ‘हत्या हो भनेर प्रधानमन्त्रीले भनेपछि गृहमन्त्रीले नैतिक जिम्मेबारी लिन पर्छ कि पर्दैन ।

‘तीन जना मन्त्रीहरुको सम्वन्धमा संसद चलिरहेको समयमा प्रधानमन्त्रीले जानकारी दिनपर्छ ’ उनले भने ‘काठमडौमा मीटरब्याज पीडितहरु आएको तर कारवाही नभएकाले सरकारको ध्यानाकर्षण गराउँछौ । ’ त्यस्तै व्याज तिर्न पर्दैन भनि खुल्लम खुल्ला गतिविधि गर्नेमाथि पनि कारवाही गर्न उनले माग गरे ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार ११:५०   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।