Logo

प्रदेश

बागमती प्रदेशसभा बैठक बिहीबारसम्मका लागि स्थगित



हेटौंडा । बागमतीमा बुधबारका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयमा सत्तापक्ष र प्रतिपक्षका दलहरुबीचको वार्तामा सहमति हुन नसकेपछि बैठक नै नबसी प्रदेशसभा स्थगित भएको हो ।

बुधबार विहान साढे ११ बजेका लागि बैठक बोलाइएको थियो । प्रतिपक्षमा रहेका दल नेकपा एमाले र राप्रपाले बैठक अवरुद्ध गर्ने सूचना पाएपछि साढे १ बजेसम्म सरकारले एमाले र राप्रपासँग वार्ता गरेको थियो ।

छलफलमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल सहभागी थिएनन् । दलहरुबिच सहमति जुट्न नसकेका कारण बिहीबारसम्मका लागि बैठक स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयले बिहीबार साढे ११ बजे बैठक बस्ने जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार १४:४०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।