Logo

प्रमुख समाचार

रास्वपाले इलाम चुनाव लक्षित गतिविधि बढायो, एकैदिन ६ सांसद जाँदै



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचनको तयारीका लागि ६ सांसद इलाम पठाउने भएको छ। आगामी वैशाख १५ गते इलाम २ मा हुन लागेको उपनिर्वाचनका लागि ६ स्थानमा ६ सांसद खटाउने निर्णय गरेको हो।

महामन्त्री मुकुल ढकालका अनुसार सांसद सोबिता गौतम इलाम नगरपालिका, गणेश पराजुली देउमाई नगरपालिका, मनिष झा माई नगरपालिका, अशोक चौधरी चुलाचुली गाउँपालिका, हरि ढकाल माङसेबुङ गाउँपालिका र अशिम शाह फाकफोकथुम गाउँपालिकामा जानेका छन्।

महामन्त्री ढकालले स्थानीय आवश्कता हेरेर उम्मेदवार खडा गर्ने बताए। उनले भने, ‘स्थानीय आवश्कता र भूगोलको पहिचान बुझेको नेता उठाइन्छ। हाम्रो थप एक ससक्त सासद सभामा प्रवेश गर्नुहुने छ।’

उनीहरु फागुन १८ गते साँझ पुग्ने छन् भने १९ गते इलाममै रहने र २० गते बिहान ६ पालिकाको कार्यक्रम सकेर काठमाडौं फर्किने कार्यक्रम तय भएको उनले बताए। इलाममा रहँदा सबै सांसदहरुले स्थानीयसँग भेटघाट र छलफल गर्ने उनको भनाइ छ। रास्वपा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी यसअघि नै इलाममा पुगिसकेका छन्।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार ०८:०५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।