Logo

प्रमुख समाचार

प्रधानमन्त्री प्रचण्डले फागुन २१ गते संसदमा सम्बोधन गर्ने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार फागुन १८ गते नै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेपनि काम विशेषले उपत्यका बाहिर रहेकाले २१ गते सम्बोधन गर्नेगरी संघीय संसद् सचिवालयलाई जानकारी गराएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेले संसद् सचिवालयलाई पत्र लेख्दै यसबारे जानकारी गराएका हुन् ।

‘आज मिति २०८०/११/१८ मा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहालले संघीय संसद्को प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम रहेकोमा उहाँ काम विषेशले काठमाडौं उपत्यकाबाहिर रहनु भएको हुँदा मिति २०८०/११/२१ गते सम्बोधन गर्ने गरी व्यवस्था गरिदिनहुन सादर अनुरोध गर्दछु‚’ पत्रमा लेखिएको छ ।

प्रतिपक्षी दलहरूले बालकुमारी घटना‚ मिटरब्याजपीडित‚ दुग्ध किसान लगायतको विषयमा सरकारको जवाफ मागेर सदनमा अवरोध गरिरहेको छ । सभामुख देवराज घिमिरेले सरकारको नाममा पटक पटक रुलिङ गरेका छन् ।

शुक्रबारको बैठकमा समेत एमाले सांसद सूर्यबहादुर थापाले सरकार संसद्प्रति उत्तरदायी नभएको भन्दै संसदमा प्रधानमन्त्रीको खोजी गरेका थिए ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार १५:४३   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।