काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा जाने निर्णय गरेको छ। सोमबार बिहान केन्द्रीय कार्यालयमा बसेको रास्वपा सचिवालय बैठकबाट नयाँ समीकरणमा सरकारमा जाने निर्णय गरिएको सांसद विराजभक्त श्रेष्ठले जानकारी दिए।
रास्वपाले सरकारमा कति सिट लिने र क–कसलाई मन्त्री बनाउने भन्ने टुंगो लगाउने अधिकार सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई दिइएको उनले बताए।
यस्तै एमालेले पनि एक जनालाई सरकारमा पठाउने निर्णय गरिसकेको छ। एमालेले प्रमुख सचेतक पदम गिरीलाई मन्त्रीमा पठाउने जनाएको छ।
वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ समीकरणका साथ सरकार बनाउने गरी पछिल्लो समय राजनीतिक घटनाक्रम विकास भएको छ।




















प्रतिक्रिया