काठमाडौं- नेपाली कांग्रेसले सत्ता गठबन्धन तोडेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजनीतिक बेइमानको संज्ञा दिएको छ। मंगलबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको कार्यसम्पादन समितिको बैठकले प्रचण्डलाई राजनीतिक बेइमानको संज्ञा दिएको हो।
राजनीतिका अविश्वसनीय पात्र भएकै कारण आगामी दिनमा माओवादीसँग सहकार्य गर्ने निष्कर्शसमेत कांग्रेसले निकालेको छ। आफू गठबन्धनको पक्षमा रहेकै समयमा प्रचण्डले एमालेसँग नयाँ गठबन्धन बनाएपछि कांग्रेस रुष्ट बनेको छ।
नयाँ गठबन्धन बनेसँगै कांग्रेस केन्द्रदेखि प्रदेशमा सरकारबाट बाहिरिएको छ। गठबन्धनप्रति कांग्रेस इमान्दार हुँदा पनि प्रचण्डले २०७९ पुस र अहिले गरी दुई पटक धोका दिएको बैठकले निष्कर्ष निकालेको छ।
माओवादीले गठबन्धनसँगै निर्वाचनका बेला जनतासमक्ष गरेका वाचा समेत तोडेको कांग्रेसको आरोप छ। कपोलकल्पित कारण देखाएर माओवादीले गठबन्धन भत्काएको कांग्रेसको आरोप छ। कांग्रेसले माओवादीको यस कदमलाई नियोजित भनेको छ। प्रचण्डको यो कदमले मुलुकमा अन्यौलता र अस्थिरता बढ्ने कांग्रेसको चिन्ता छ।
बैठकले प्रचण्ड सरकारलाई २६ पुस २०७९ मा दिएको दिएको समर्थन फिर्ता लिने निर्णयसमेत गरेको छ। बैठकमा नेताहरूले गठबन्धन टुट्नुमा कांग्रेसको भूमिका नरहेको बताएका थिए।
गठबन्धन ताड्नुको कारण भनेर माओवादीले देखाएको कोशी प्रदेश प्रकरण, मन्त्री हेरफेर गर्न नदिएको, महासमितिमा पेश भएको प्रतिवेदन बहाना मात्र भएको नेताहरूले निष्कर्श छ। भित्रभित्रै लामो समयदेखि प्रचण्ड नयाँ समीकरणको तयारीमा रहेको र विभिन्न बहाना खोजिरहेको जस्तो देखिएको कांग्रेसले जनाएको छ।
पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको बाक्लो भेटघाटमा आफूहरूले प्रश्न गर्दा प्रचण्डले ढाँटेको उपसभापति पूर्णबहादुर खड्का बताउँछन्। प्रचण्डले नयाँ गठबन्धन बनाउन लागेको सुइँको पाएर पटक पटक भेटेर कुरा गर्दा पनि उनले आफ्नै क्याविनेटका मन्त्रीलाई ढाँटेको उनको आरोप छ।
गठबन्धन भत्किनुको कारणबारे समीक्षा गर्दै कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई राजनीतिक इमान्दारिता नभएको व्यक्तका रुपमा चित्रण गरेको छ।
कांग्रेस बैठकमा गठबन्धन भत्किएर सत्ता विमुख हुँदा नेताहरू एकअर्कालाई आरोप प्रत्यारोप लगाउने भन्दा पनि सबै नेताले प्रचण्डले राजनीतिक बेइमानी गरेकोमा एकमत देखिएका छन्। बैठकपछि सबै नेताहरूले गठबन्धन भत्किनुमा प्रधानमन्त्री प्रचण्डको अस्थिर प्रवृत्तिलाई कारक रहेको सन्देश दिन सफल भएका छन्।




















प्रतिक्रिया