Logo

राजनीति

कांग्रेसले बोलायो संसदीय दलको बैठक



काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बिहीबार बिहान ९ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको हो ।

बैठक संसद भवनस्थित ल्होत्से हलमा बस्ने नेपाली कांग्रेसले जनाएको छ । सत्ता गठबन्धनबाट कांग्रेस बाहिरिएपछि संसदीय दलको बैठक पहिलोपटक बोलाइएको हो ।

बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम, संसदमा पार्टीको भूमिकालगायत विषयमा छलफल हुनेछ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको छुट्टाछुट्टै बैठक बिहीबार दिउँसो बस्दैछ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार १३:०९   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।