काठमाडौं । एमाले उपाध्यक्ष विष्णु पौडेलले अर्थतन्त्रका कुनै पनि सूचक सकारात्मक नरहेको दाबी गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले नेपाली अर्थतन्त्र मन्दीको अवस्थामा पुगेको जिकिर गरे । ‘अर्थतन्त्रमा समस्या छन्, परिसूचक नकारात्मक छन् तर निवर्तमान अर्थमन्त्री आँकडा सच्याउन हिँड्नुभयो,’ उनले भने, ‘आँकडा सच्याएर हुँदैन, अवस्था सच्याउनुपर्छ ।’
गलत सूचना सम्प्रेषण गरेर अर्थतन्त्र दुरुस्त छ भनेर दाबी गर्नु आपत्तिजनक रहेको पनि पौडेलले प्रस्ट पारे ।




















प्रतिक्रिया