काठमाडौं । निर्वाचन आयोगले रेशम चौधरीलाई नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षको मान्यता दिन अस्वीकार गरेको छ ।
नागरिक उन्मुक्ति पार्टीले २७ पुसमा कैलालीको टीकापुरमा भएको महाधिवेशनबाट चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको थियो । त्यस अनुसार नाउपाले दलको अभिलेख अद्यावधिक गरिदिन निर्वाचन आयोगमा २९ माघमा निवेदन दिएको थियो ।
लामो कानूनी छलफलपछि आयोगले अद्यावधिक नगर्ने निर्णय गरेको एक आयुक्तले बताए । “राजनीतिमा दुरगामी असर पर्ने भएकाले अद्यावधिक नगर्ने निर्णय भएको छ,” ति आयुक्तले भने ।
टीकापुर घटनामा तीनै तहको अदालतबाट दोषी ठहर भएका चौधरीले राष्ट्रपतिबाट आम माफी पाएका थिए ।




















प्रतिक्रिया