Logo

राजनीति

राष्ट्रियसभा अध्यक्षको उम्मेदवार तय गर्न देउवाले बोलाए संसदीय दलको कार्यसमिति बैठक



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको कार्यसम्पादन समितिको बैठक आइतबार अपराह्न बस्ने भएको छ ।

राष्ट्रियसभा अध्यक्षको उम्मेदवार तय गर्न सभापति शेरबहादुर देउवाले आफ्नो निवास बुढानीलकण्ठमा अपराह्न ४ बजे दलको कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा प्रतिनिधिसभा र राष्ट्रियसभा संसदीय दलका पदाधिकारी, महामन्त्री पदेन सदस्य छन् । उपसभापति र केही शीर्ष नेतालाई आमन्त्रित सदस्यका रूपमा बैठकमा बोलाउने अभ्यास छ । राष्ट्रियसभा अध्यक्षको निर्वाचन पर्सि मंगलबार हुने भएको छ । त्यसका लागि सोमबार मनोनयन दर्ताको समय तोकिएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आईतवार १४:५०   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।