Logo

प्रमुख समाचार

राष्ट्रियसभा अध्यक्षका लागि उम्मेदवारी दर्ता, आजै नामावली प्रकाशन हुने



काठमाडौं । राष्ट्रिय सभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

पूर्वनिर्धारित कार्यतालिका अुनसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता हुने संघीय सचिवालयले जनाएको छ ।

संसद सचिवालयका अनुसार आजै दिउँसो उम्मेदवारको नामावली प्रकाशन हुनेछ । मतदात भने मंगलबार हुने कार्यतालिका छ ।

राष्ट्रियसभा अध्यक्षमा नेपाली कांग्रेस र सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुँदैछन् । दुवै दलले आ-आफ्ना उम्मेदवार उठाउने निर्णय गरिसकेका छन् । माओवादी केन्द्रले नारायण दाहाल र नेपाली कांग्रेसबाट युवराज शर्मालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार १०:५०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।