काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ ।
मंगलबार राष्ट्रिय बैठकमा सो पार्टीका सांसद तुलप्रसाद विश्वकर्माले कसैका पक्षमा मतदान नगर्ने बताए । ‘कतै भोट हाल्दैनौँ, नो भोटको स्थितिमा छौँ हामी,’ उनले भने ।
राष्ट्रिय सभाको अध्यक्षमा विपक्षी गठबन्धनको तर्फबाट युवराज शर्मा शर्माको र सत्ता गठबन्धनको तर्फबाट नारायण प्रसाद दाहालको उम्मेदवारी परेको छ । राष्ट्रिय सभामा जनमोर्चाका एक सांसद विश्वकर्मा छन् ।




















प्रतिक्रिया