Logo

प्रमुख समाचार

कांग्रेसलाई ओलीको प्रश्न : पोहोर विश्वासको मत दिन हुने, अहिले किन नहुने ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन अनुरोध गरेका छन् ।

बुधबार प्रनिधिसभामा प्रधानमन्त्रीले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै ओलीले गत वर्ष विपक्षमा रहेकै अवस्थामा कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको स्मरण गराए । सोही अनुरुप अहिले विश्वासको मत दिन किन नमिल्ने भनेर उनले प्रश्न गरे ।

पोहोर साल आफूले प्रस्ताव गरेर दाहाललाई प्रधानमन्त्री बनाएको तर कांग्रेसले प्रतिपक्षमा रहेर विश्वासको मत दिएको ओलीको भनाइ थियो । ‘पोहोर समर्थन गर्न हुने, अहिले किन नहुने ? मान्छे उही हो, पोहोर पनि नेपाली कांग्रेस सरकारमा थिएन,’ ओलीले भने ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार १२:३३   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।