Logo

राजनीति

रास्वपा सरकारमा गएपछि ‘दबाब यात्रा’ स्थगित



काठमाडौं । सरकारमा गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबाब यात्रा स्थगित गरेको छ ।

२१ माघदेखि २१ चैतसम्म सक्ने गरी २१ वटा आयोजनामा दबाब यात्रा गर्ने कार्यतालिका बनाइएको थियो । महामन्त्री मुकुल ढकालले समाधान विधि निकाल्ने गरी नयाँ तरिकाले अघि बढ्न अभियान तत्कालका लागि स्थगित गरेको जानकारी दिए । स्थगित दबाब यात्रा कहिले सुरु गर्ने भन्ने यकिन नभएको ढकालको भनाइ छ ।

यसबीचमा रास्वपाले ३ वटा मात्रै आयोजनामा ‍दबाब यात्रा गरेको छ । २१ माघमा सभापति रवि लामिछानेको नेतृत्वमा मेलम्ची खानेपानी आयोजना निर्माणमा दबाब दिन सिन्धुपाल्चोक–काठमाडौं यात्रा गरिएको थियो । २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाका लागि फरक–फरक आयोजनामा दबाब यात्रा गर्ने गरी सूची बनाइएको थियो ।

२१ वटा विकास आयोजनामा दबाब यात्रा गर्ने निर्णय गर्नु अघि रास्वपाले नारायणगढ–बुटबल सडकखण्डमा खबरदारी यात्रा गरेको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आईतवार १३:२५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।