पोखरा । दीपक मनाङे गण्डकी प्रदेशकाे भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । उनी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा आज मन्त्री नियुक्त भएकाे उच्च स्रोतले जनाएको छ ।
मनाङेले आइतबार गण्डकी प्रदेशमा नेकपा एकीकृत समाजवादी त्यागेको घोषणा गरेका थिए । प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र जितेका मनाङे त्यसपछि एकीकृत समाजवादी प्रवेश गरेका थिए ।
यसैगरी कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयकाे पनि जिम्मेवारी थपिएको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी पत्र प्रदेश प्रमुखकाे कार्यालयमा पठाइसकेका छन् । नवनियुक्त मन्त्रीको शपथ आज दिउँसो साढे तीन बजे राखिएको छ ।
यसअघि भाैतिक पूर्वाधारमा माओवादीका रेशमबहादुर जुग्जाली र सामाजिकमा सुशीला सिम्खडा मन्त्री थिइन् । केन्द्रीय सत्ता समीकरण बदलिएसँगै फागुन २२ गते मुख्यमन्त्री पाण्डेले उनीहरूलाई बर्खास्त गरेका थिए ।




















प्रतिक्रिया