Logo

प्रमुख समाचार

माओवादी पदाधिकारी बैठक बस्दै, महरा पक्राउ बारेमा छलफल हुने



काठमाडौं- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ। पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि भिन्न परिस्थितिमा छलफल गर्नका लागि सो बैठक बोलाइएको हो। बैठक बिहान ८ बजेदेखि सुरू हुनेछ।

बैठकमा समसमायिक राजनीतिक विषयमा कुराकानी हुने तथा पदाधिकारीदेखी केन्द्रीय नेताहरूको कार्यबिभाजनको बारेमा पनि छलफल हुने जनाइएको छ।

महरामाथि विद्युतीय चुरोट (भेप) मा सुन तस्करी गरेको आरोप छ। महराका छोरा राहुलविरुद्ध पनि मुद्दा चलिरहेको छ। राहुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा समातिएको सुन छुटाउन दबाब दिएको आरोप छ।

महरालाई अनुसन्धानका लागि ४ दिन पुर्पक्षमा राख्रन अदालतले अनुमति दिएको छ। तर, महरा अस्वस्थता देखाउँदै नर्भिक अस्पताल भर्ना भएका छन्।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलवार ०६:५६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।