काठमाडौं । सत्तारुढ पाँच राजनीतिक दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक भएको छ ।
न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प तय गर्न बनेको १० सदस्यीय कार्यदलका संयोजक विष्णु पौडेलले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन् ।
कार्यदलले शनिबार प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरूलाई साझा संकल्पको मस्यौदा हस्तान्तरण गरेको थियो । कार्यदलले बुझाएको मस्यौदालाई अन्तिम रूप दिएर मंगलबार सार्वजनिक गरिएको छ ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव रहेका छन् ।




















प्रतिक्रिया