काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानीमा रिहा भएका छन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको सहमतिमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई हाजिर जमानीमा छाड्ने निर्णय गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी होविन्द्र बोगटीकाअनुसार महराको स्वास्थ्यको कारण उनका छोरा निर्मलको जिम्मा जमानीमा छाडिएको हो ।
महराको बयान बिहीबार नै सकिएको थियो । पक्राउ परेलगत्तै नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । नर्भिक अस्पतालबाट लगेर महराको बयान लिइएको थियो ।




















प्रतिक्रिया