काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सचिवालय र महाधिवेशन दस्तावेज लेखन समितिको बैठक बस्दैछ।
पार्टी मुख्यालय आलोकनगरमा बस्ने उक्त बैठकले मुख्यतयाः महाधिवेसनको तयारीका बारेमा छलफल गर्ने बुझिएको छ।
आजको बैठकमा राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक र विधान प्रतिवदेनलाई सचिवालयले अनुमोदन गरिसकेको सन्दर्भमा महाधिवेसनको राजनीतिक दस्तावेजमा समावेश गरिने मुख्य अजेन्डा रहेको बुझिएको छ।
उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा गठन भएको २७ सदस्यीय दस्तावेज लेखन समितिले सचिवालयमा सो दस्तावेज प्रस्तुत गर्नेछ।
साथै, सचिवालय बैठकले आगामी वैशाखमा इलाम र बझाङमा हुने उपनिर्वाचनमा पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित निर्वाचन कमिटीबाट सिफारिस भएका नाममा छलफल पनि गर्ने जनाइएको छ।
नेकपा एसले आगामी जेठ देखि ७ गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्दैछ।




















प्रतिक्रिया