Logo

राजनीति

कांग्रेस राष्ट्रियसभाको प्रमुख सचेतकमा रोकाय मनोनीत



काठमाडौं । कांग्रेस कांग्रेस संसदीय दल राष्ट्रियसभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय मनोनीत भएका छन् ।

कांग्रेस संसदीय दलको नेताको निजी सचिवालयका निजी सचिव केशवराज जोशीले सोमबार एक विज्ञप्ति जारी गर्दै सोबारे जानकारी दिएका हुन् ।

‘नेपाली कांग्रेस संसदीय दल राष्ट्रियसभाको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य कष्णबहादुर रोकायज्यू मनोनीत हुनुभएको छ’, उनको विज्ञप्तिमा भनिएको छ । माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा रोकाय कर्णाली प्रदेशबाट निर्वाचित भएका थिए ।

 

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार १४:१७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।