काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलनको विषयमा संसदीय छानबिन गर्नुपर्ने आफ्नो अडान दोहोर्याएको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकको सुरुवातमा सभामुखको समय लिएर बोल्दै कांग्रेस सांसद सञ्जय गौतमले प्रधानमन्त्री प्रचण्डले आफै न्यायाधीश बनेर क्लिन चिट दिने प्रयास गरेको आरोप लगाए ।
सांसद गौतमले भने–‘हामीले जवाफ खोज्यौ प्रधानमन्त्रीले न्यायाधीश जस्तो, हुकुम प्रमाङ्गी दिने राजा महाराजा जस्तो क्लिन चिट दिने जस्तो प्रयास गर्नुभयो । त्यतिमात्र हैन, सुरक्षा निकायका प्रमुख जो वर्तमान नेतृत्वमा हुनुहुन्छ उहाँले समेत यो विषयमा फासफुस ढङ्गले क्लिन चिट दिने गर्नुभयो । हामी संसदीय छानबिन समितिको माग गरिरहेका छौँ ।’
उनले ९० हजार भन्दा बढी बचतकर्ताहरूको ८० करोड भन्दा बढ्ता रकम बुटवल, चितवन, पोखराका सहकारीमा जम्मा भएका रकम गोर्खा मिडिया नेटवर्कको नाममा जम्मा भएको बताए ।




















प्रतिक्रिया