Logo

प्रदेश

बागमतीमा एमालेका ४ जना मन्त्री बन्दै, ३ बजे शपथ



हेटौंडा । नेकपा एमालेबाट थप ४ जना मन्त्री बन्ने भएका छ्न् ।

दिउँसो ३ बजे शपथ ग्रहण गराउने गरी एमालेका ४ जनालाई मन्त्री नियुक्तिको तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडाले जनाएको छ । कार्यालयका अनुसार एमालेबाट एकालाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशव प्रसाद पोखरेल र प्रकाश श्रेष्ठ मन्त्री नियुक्त गर्ने मुख्यमन्त्री जम्कट्टेलको तयारी रहेको छ ।

चारजनामध्ये प्रकाश श्रेष्ठ पहिलो पटक मन्त्री बन्न लागेका हुन् भने अन्य तीनजना जम्कट्टेल नेतृत्वको मन्त्री मण्डलमा पहिलो पटक मन्त्री भइसकेका थिए । एमालेबाट यसअघि आर्थिक मामिला मन्त्रीको रूपमा जगन्नाथ थपलियाले सरकारमा प्रवेश गरिसकेका छन् ।

योसँगै बागमतीमा एक विना विभागीय मन्त्रीसहित १३ सदस्यीय मन्त्रीमण्डल बन्ने भएको छ । जसमा माओवादीको तर्फबाट मुख्यमन्त्रीसहित ४ जना, एमालेबाट ५ जना, समाजवादीवाट विना विभागीय मन्त्री सहित ३ र हाम्रो नेपाली पार्टीबाट १ जना मन्त्री बनेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलवार १३:१४   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।