काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उमेदवार टुंगाएको छ । आज बसेको बोर्ड बैठकले इलाम–२ मा डम्बर खड्का र बझाङमा अभिषेक सिंहलाई उमेदवार बनाउने निर्णय गरेको छ ।
अभिषेक कांग्रेसका दिवंगत सांसद पृथ्वीबहादुर सिंहका छोरा हुन् । सुदूरपश्चिम सरकारमा कानूनमन्त्रीसमेत रहेका सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
आजै बेलुका बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले खड्काबारे औपचारिक निर्णय गर्नेछ । खड्कालाई उम्मेदवार बनाउन सभापति देउवाले अडान लिएका थिए । कांग्रेसले अघि सारेका खड्का गत निर्वाचनमा एमालेका सुवास नेम्वाङसँग ११४ मतले पराजित भएका थिए ।




















प्रतिक्रिया