काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडान कायम राखेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताको बैठकले सहकारी ठगीमा जोडिएका मन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठनको विकल्प नभएको निष्कर्ष निकालेको हो ।
सभापति शेरवहादुर देउवा निवासमा बसेको वर्तमान तथा पूर्व पदाधिकारीको बैठकले संसदीय छानवीन समित गठनको मागलाई पार्टीको ‘बटमलाइन’ बनाउने निर्णय गरेको महामन्त्री गगनकुमार थापाले जानकारी दिए ।
संसदीय छानबिन समितिको मोडालिटीमा छलफल गर्न सकिने तर सत्तापक्षले भनेजस्तो समिति बनाउनै नहुने जवाफलाई प्रतिवाद गर्ने थापाको भनाई छ । संसदीय छानबिन समितिका विषयमा पार्टी एकमत रहेको थापाले बताए ।
कांग्रेसले माग गरिरहेको संसदीय छानबिन समितिका बारेमा छलफल गर्न सभामुख देवराज घिमिरेले दलका नेताहरूलाई २ः३० बजे बोलाएका छन् । कांग्रेसबाट सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक उक्त बैठकमा सहभागी हुने भएका छन् ।




















प्रतिक्रिया