Logo

प्रमुख समाचार

राप्रपालाई अब कसैले नजरअन्दाज गर्न सक्दैन : लिङ्देन राजेन्द्र



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ ।

आजबाट धुम्बाराहीमा सुरु भएको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले त्यस्तो बताएका हुन् ।

बैठकमा हालै सम्पन्न काठमाडौँ केन्द्रित जनप्रदर्शनको समिक्षा भइरहेको एक नेताले जानकारी दिए ।

बैठकको सुरुआत गर्दै अध्यक्ष लिङ्देनले प्रदर्शनमा प्रशासनिक दमनबाट केही घाइते हुने दुखद घटना भए पनि समग्रमा प्रदर्शन सफल भएको भएको ब्रिफिङ गरे ।

पार्टी र एजेन्डाको पक्षमा सकारात्मक सन्देश गएको र राप्रपा अब कसैले नजरअन्दाज गर्न नसक्ने शक्तिको रूपमा स्थापित भएको जिकिर उनले गरे।

उनले प्रदर्शनमा सहभागी सम्पूर्णमा धन्यवाद दिएका छन् । कार्यसम्पादन समिति सदस्यहरुले आफ्नो धारणा दिने क्रम जारी छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार १३:१८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।