Logo

प्रमुख समाचार

पहिलो चरणमा सरकारको नेतृत्व एमालेलाई दिने कांग्रेसको निर्णय



काठमाडौं । नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकले नेकपा एमाले र कांग्रेसबीच सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको छ ।

आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले एमालेसँगको समझदारीलाई अनुमोदन गर्दै पहिलो चरणमा सरकारको नेतृत्व एमालेलाई दिने निर्णय गरेको हो ।

त्यसपछि दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

कांग्रेसले पनि मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह पनि गरेको छ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार ११:५५   :  बजे

195
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।