Logo

अर्थ

हिमालयन रिइन्स्योरेन्सको खुद नाफा १ अर्ब २८ करोड



काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा करिब दोब्बर हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ६४ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद प्रिमियम आम्दानी ८२ प्रतिशतले बढेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षमा २ अर्ब ९८ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ५ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

प्रिमियमसहित कुल आम्दानी गत आर्थिक वर्षमा ६ अर्ब ६२ करोड छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६७ प्रतिशत बढी हो । कम्पनीको कुल खर्च पनि ५५ प्रतिशतले बढेको छ । यस्तो खर्च गत आर्थिक वर्षमा ४ अर्ब ७९ करोड छ ।

अघिल्लो आर्थिक वर्ष प्रतिसेयर आम्दानी ९ रुपैयाँ २८ पैसा रहेकोमा अहिले १२ रुपयाँ ३४ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ २६ पैसा छ । दोस्रो बजारमा यस कम्पनीको मूल्य मंगलबार प्रतिकित्ता १ हजार रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार ११:०६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।