Logo

अर्थ

नाफासँगै हिमालयन एभरेस्ट इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि बढ्यो



काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ५० प्रतिशत बढेको छ । कम्पनीले गत आर्थिक वर्षमा ६६ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ४४ करोड ५० लाख रुपैयाँ थियो ।

कम्पनीको खुद प्रिमियम आम्दानी नै ३६ प्रतिशत बढेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षमा ९७ करोड ८३ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष १ अर्ब ३३ करोड ९७ लाख रुपैयाँ छ ।

कम्पनीको कुल आम्दानी ४४ प्रतिशत बढेको छ । गत आर्थिक वर्षमा यस्तो आम्दानी २ अर्ब ४७ करोड रुपैयाँ छ ।

अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३४ पैसा रहेकोमा गत आर्थिक वर्षमा २६ रुपैयाँ ७२ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १९१ रुपैयाँ ८३ पैसा छ ।

२ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको विशेष कोषमा १ अर्ब ७४ करोड रुपैयाँ छ भने महाविपत्ति कोषमा ७ करोड ३७ लाख छ । कम्पनीको सञ्चित नाफा ३८ करोड रुपैयाँ छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार ११:३१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।