Logo

अर्थ

नेको इन्स्योरेन्सको खुद नाफा घट्यो, कस्ता छन् वित्तीय सूचकहरु?



काठमाडौं । नेको इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार इन्स्योरेन्सको खुद नाफा २.७४ प्रतिशतले घटेर ६८ करोड ५७ लाख ११ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो आर्थिक वर्षको यसैअवधिमा यसले ७० करोड ५० लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद बिमा शुल्क आर्जन ७.३३ प्रतिशतले घटेर १ अर्ब ६६ करोड १२ लाख १६ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ७९ करोड २६ लाख ४५ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । लगानी तथा कर्जाबाट हुने आम्दानी ६.७७ प्रतिशतले घटेर ४२ करोड ५८ लाख ७३ हजार रुपैयाँमा आएको छ ।

चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ९६ पैसाले घटेर ३४ रुपैयाँ ०७ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ २७२ रुपैयाँ ८१ पैसा छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार १२:०८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।