Logo

अर्थ

नेशनल लाइफको वार्षिक साधारणसभा शुक्रबार बस्दै



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । लाभांश प्रस्तावसहित कम्पनीले आफ्नो ३६औं साधारणसभा यही भदौ महिनाको ७ गते (शुक्रबार) लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान १०ः३० बजेको लागि आह्वान गरेको हो ।

सभाले आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशतत नगद लाभांश र ४ प्रतिशत बोनस गरी कुल १४ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने भएको छ ।

साथै, सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि छलफल गरी पारित गर्नुका साथै आव आव २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलवार १५:१७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।