Logo

प्रमुख समाचार

सरकारले विपक्षी नेतालाई छानिछानी जेल हाल्ने र सत्तापक्षलाई संरक्षण गर्ने काम गर्‍यो : माओवादी



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विपक्षी दलका नेताहरूलाई छानिछानी मुद्दा लगाउने काम गरिरहेको र सत्तापक्षका नेताहरूलाई संरक्षण गर्ने काम गरिरहेका आरोप लगाएको छ । बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी प्रवक्ता अग्निप्रसाद सापकोटाले उक्त आरोप लगाएका हुन् ।

सहकारी बचत अपचलनमा जोडिएका कांग्रेसका उपसभापति धनराज गुरुङ र सार्वजनिक लेखा समितिका सभापति समेत रहेका एमालेका नेता ऋषिकेष पोखरेललाई संरक्षण गरेको उनले आरोप लगाएका हुन् ।

‘नेपालको इतिहासमा कानूनभन्दा माथि कोही पनि छैन भन्ने सन्देश दियो हाम्रो सरकारले दिएको थियो । कोही निर्दोष नफसुन् र कोही दोषि कोही नछुटुन् भन्ने मान्यताका साथ बिनामोलाहिजा कारवाही गरिएको थियो । अहिलेको सरकारले विपक्षी दलका नेता व्यक्तिलाई छानीछानी मुद्दा हाल्ने र जेल पठाउने काम गरिरहेको छ । म नामहरू पनि भन्न तयार छु । कांग्रेसका धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेल लगायतलाई प्रमाण हुँदाहुँदै पनि खुल्लारूपमा संरक्षण गरियो ।’, प्रवक्ता सापकोटाले भने ।

यस्तै ओली नेतृत्वको सरकारको सय दिन पूर्ण असफल भएकाले शनिवार काठमाडौँमा सरकारविरुद्ध खबरदारी सभा गर्न लागिएको उनले बताए ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार १५:५५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।