Logo

प्रमुख समाचार

प्रचण्डलाई बाबुरामको प्रश्न : पूर्वमाओवादी एक ठाउँमा किन जम्मा हुने?



काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सबै पूर्वमाओवादी एक ठाउँमा किन जम्मा हुने ? भनेर प्रश्न गरेका छन् ।

गएको मध्यराति सामाजिक सञ्जालमा स्टाटस लेखेर भट्टराईले प्रचण्डनिकटका व्यक्तिहरूले आफूलाई जोडेर पूर्वमाओवादीहरू एक ठाउँमा आउनुपर्ने बताएकाे भन्दै उनले सबै पूर्वमाओवादीहरू किन एक ठाउँमा जम्मा हुने ? अर्को जनयुद्ध गर्न ? या भोजभतेर गर्न ? या फेरि एकपटक प्रचण्डलाई संसदीय सत्तारोहण गराउन ? यसको वैचारिक–राजनीतिक औचित्य र आधार के हो ? भनेर प्रश्न गरेका हुन् ।

प्रचण्डले पटक–पटक पूर्व माओवादीहरू एक हुनुपर्ने कुरा उठाउँदै आएका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार १२:३२   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।