Logo

प्रमुख समाचार

कांग्रेसको निर्माण व्यवसायी समन्वय विभागमा १० सदस्य मनोनित, काे-काे परे ?



काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको निर्माण व्यवसायी समन्वय विभागमा १० सदस्य मनोनित गरेका छन् । शुक्रबार सभापति देउवाले विभागमा १० सदस्य मनोनित गरेका हुन् ।

मनोनित सदस्यहरुमा रवि सिंह, आङदोर्जे शेर्पा, गोममाया खण्डलु, केशर बुढाथोकी, हिरा भगत, रमेश शर्मा, खिमप्रसाद मल्ल, टेकबहादुर खड्का, यमबहादुर बिसी, प्रकाशबहादुर सेठ्ठी रहेका छन् ।

सभापति देउवाले उनीहरुलाई कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम मनोनित गरेका कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार ०६:००   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।