Logo

अर्थ

बालुवाटारमा रास्वपाको प्रदर्शन, ६ जना डीएसपीको कमान्डमा प्रहरी परिचालन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालुवाटारमा विरोध प्रदर्शन गरेको छ ।

पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलित भएको रास्वपाले आज बालुवाटार केन्द्रित प्रदर्शन गरेको हो ।

रास्वपाले प्रदर्शन गरिरहेको बालुवाटार क्षेत्रमा ६ जना डीएसपीको नेतृत्वमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेको पक्राउको विरुद्धमा प्रदर्शनमा सहभागी भएका ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदर्शनस्थलमा सुरक्षाको नेतृत्व जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी पवन भट्टराईले गरेका छन् । डिएसपीहरू मदनजित महरा, सुनिलजंग शाह, सत्य थापा र सुकदेव खनाल सहितका डिएसपी खटिएका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलवार १३:५९   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।