Logo

प्रमुख समाचार

महिला फुटबल टोलीसँग भेटेपछि प्रधानमन्त्रीले लेखे : लक्ष्मीपूजाको दिन, नेपाली फुटबलका लक्ष्मीहरूसँग



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूसँग भेट गरेका छन् । बिहीबार सरकारी निवास बालुवाटारमा खेलाडीहरूलाई बोलाएर प्रधानमन्त्री ओलीले खेलाडीसँग भेट गरेका हुन् ।

भेटघाटको तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्री ओली फेसबुकमा लेखेका छन्, ‘लक्ष्मीपूजाको दिन, नेपाली फुटबलका लक्ष्मीहरूसँग ।’

बुधबार साँझ भएको साफ महिला च्याम्पिनयसिपको फाइनलमा बंगलादेशसँग नेपाल २–१ गोलले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो । उक्त खेल हेर्न प्रधानमन्त्री ओली पनि दशरथ रंगशाला पुगेका थिए ।

उपाधि नजिते पनि नेपाली महिला खेलाडीले राम्रो प्रदर्शन गरेको भन्दै प्रधानमन्त्रीले बुधबार राति नै फेसबुकमार्फत प्रशंसा गरेका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार १५:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।