Logo

अर्थ

बढ्यो प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको खुद नाफा



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक अपरिस्कृत विवरणअनुसार कम्पनीको खुद नाफा २५.८ प्रतिशत बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १२ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको पहिलो त्रैमासमा खुद नाफा १० करोड ३ लाख रुपैयाँ थियो ।

खुद प्रिमियम आम्दानी पहिले १ अर्ब १२ करोड रहेकोमा अहिले १ अर्ब १७ करोड छ । त्यस्तै पोलिसी होल्डरबाट प्राप्त ब्याज आम्दानी पहिले १ करोड १० लाख रहेकोमा अहिले ३ करोड १७ लाख छ ।

कम्पनीको चुक्ता पूँजी ४ अर्ब ७२ करोड छ । त्यस्तै विपत्ती कोषमा ९ करोड ६९ लाख रुपैयाँ छ । सञ्चित आम्दानी ६२ करोड २५ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ६९ पैसा छ । प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ३४ पैसा छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार १०:५०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।