Logo

अर्थ

एसियन लाइफ इन्स्योरेन्सको नाफा बढ्यो



काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १३ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष कम्पनीले ९ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको थियो ।‍

‍यस कम्पनीको खुद बिमा शुल्क आम्दानी १२.२३ प्रतिशतले बढेर २ अर्ब १ करोड रुपैयाँ पुगेको छ । कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी भने २.४२ प्रतिशतले घटेर ८५ करोडमा झरेको छ । यसको जीवन बिमा कोषमा ४४ अर्ब ३४ करोड रुपैयाँ रहेको छ ।

हाल एसियन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । कम्पनीले ४२ प्रतिशत हकप्रद सेयर बिक्रीबाट पुँजी वृद्धि गर्ने योजना बनाएको छ । यसको रिटेन्ड अर्निङमा ४५ करोड ९२ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी पनि बढेर १५.६४ रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ भने १२३.११ रुपैयाँ छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार १२:३१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।